FAQs Complain Problems

गौशाला नगरपालिका कार्यालयमा राष्ट्रिय परिचय पत्र विवरण संलकन केन्द्र संचालन

माघ १५ गते । गौशाला नगरपालिका 

राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभाग सिंहदरवार, काठमाण्डौबाट ईलाका प्रशासन कार्यालय, गौशालाका अतिरिक्त यस नगरपालिकामा राष्ट्रिय परिचय पत्र विवरण संकलन स्थल तोकिएको हुँदा मिति २०७९ माघ १५ गतेबाट विवरण दर्ता कार्य संचालन भएको छ । गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोको राष्ट्रिय परिचयको विवरण दर्ता गर्दै सेवा संचालन गरेको छ । राष्ट्रिय परिचय पत्र तथा पंजीकरण बिभागबाट यस कार्यालयको विवरण दर्ता केन्द्रको लागि १ जना दर्ता अपरेटर र १ जना सहयोगीको व्यवस्थापन गरेको छ भने यस नगरपालिका कार्यालयका सूचना प्रविधी अधिकृत श्री रंजित कुमार बर्मा र सहायक चौथो श्री इश्वर निरौलालाई रुजु अधिकारीको रूपमा जिम्मेवारी दिईएको छ । यस अघी इलाका प्रशासन कार्यालय, गौशालाबाट मात्र सेवा  उपलब्ध भईरहेकोमा सेवाग्राहीहरूको चापका कारण कठिनाई हुदै आएको थियो । गौशाला नगरपालिका कार्यालयमा संचालित विवरण दर्ता केन्द्रबाट थप सेवा प्रदान हुँदा केहि सहज हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय परिचय पत्रका लागि तपसिलमा उल्लेखित कागजात सहित विवरण दर्ताका लागि आवेदन दिन सकिन्छ ।  कागजातहरुः-

१ ) सक्कलै नेपाली नागरीकाको प्रमाण पत्र, फोटो स्पष्ट र अक्षर वुझिने भएको । २०५८ पछिको नागरीकता भए फोटोमा स्टीकर अनिवार्य भएको हुनु पर्नेछ । 
२) निवेदकको बुवा आमाको नागरीकताको प्रतिलिपि । 
३) नागरीकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको भए सो खुल्ने प्रमाण पत्र वा वडाको सिफारिस, 
४) राहदानी लिएको भए सोको सक्कल वा नक्कल । 
५) बसाई सराई गरेको भए सोको प्रमाण पत्र (२०४० साल अगावै वसाई सराई गरेको भए वडाले वसाई प्रमाणित गरेको कागजात) । 
६) विवाहितको हकमा नागरीकता प्रमाण पत्रमा पति पत्नीको नाम उल्लेख नभएको भए अनिवार्य रुपमा विवाह दर्ता प्रमाण पत्र पेश गर्नु पर्नेछ । 
७) पति पत्नी विच सम्बन्ध विच्छेद भएको भए सोको सक्कल प्रमाण पत्र । 
८) एकल महिला वा पुरुषको हकमा मृत्यु दर्ताको सक्कल प्रमाण पत्र ।