FAQs Complain Problems

शैक्षिक सत्र २०७७/०७८ मा डिप्लोमा इन आयुर्वेद कार्यक्रममा भर्ना सम्बन्धी सूचना !!!

प्रा. शि. तथा व्या. तालिम परिषद तथा गौशाला नगरपालिका, महोत्तरीद्वारा संचालित यस गौशाला प्राविधिक शिक्षालयका लागि शैक्षिक सत्र २०७७/०७८ मा डिप्लोमा तथा प्रमाणपत्र तहको तपसिलका कार्यक्रमका लागि विद्यार्थी भर्ना गरिने भएको हुँदा योग्यता पुगेका इच्छुक विद्यार्थीहरूलाई भर्नाका लागि आवेदन पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नोट:

  • भर्नाको लागि आवेदन दिने अन्तिम मिति:  २०७७/०८/१५ गते  ।
  • सम्पर्क स्थान: गौशाला न.पा. को कार्यालय, महोत्तरी ।
  • विद्यार्थी भर्ना प्रक्रियाका लागि मिति २०७७/०५/२६ गते  परिषदको वेवसाइट www.ctevt.org.np मा प्रकाशित भएको सूचनाका सम्पूर्ण शर्तहरू लागु हुनेछन् ।
  • विस्तृत जानकारीको लागि गौशाला नपाको वेबसाइट www.gaushalamun.gov.np र कार्यालयको फोन नं. ०४४-५५६१३९ वा मोबाइल नं. ९८४४११८६००, ९८१५८११४१४ मा सम्पर्क गर्न सकिने छ ।