FAQs Complain Problems

बालुवा, ढुंगा, गिट्टी र ग्राभेलको बिक्रीकर संकलन गर्न ठेक्का बन्दोबस्ती सम्बन्धी ३० (तीस) दिने सुचना

बालुवा, ढुंगा, गिट्टी र ग्राभेलको बिक्रीकर संकलन गर्न ठेक्का बन्दोबस्ती सम्बन्धी ३० (तीस) दिने सुचना

(प्रथम पटक प्रकाशित मिति :  २०७६/०८/०६ गते)

यस नगरपालिका कार्यालयबाट स्थानीय सरकार संचालन ऎन २०७४ को परिच्छेद ३ को दफा ११ वमोजिम गौशाला नगरपालिका, नगरकार्यपालिकाको कार्यालय महोत्तरीको क्षेत्राधिकार भित्र पर्ने गरी ढुंगा, गिट्टी, वालुवा, ग्राभेल र रोडाको बिक्रीकर संकलन गर्न तेस्रो नगरसभाबाट पारित संसोधित दररेटमा तपशिल वमोजिमको खोला, नदी, नालाहरुबाट तोकिएको परिणाममा विक्रीकर संकलन सम्बन्धि ठेक्का वन्दोवस्त गर्नुपरेकोले बोलपत्र दाताको नविकरण भएको दर्ता प्रमाणपत्र, मुल्य अभिवृद्दि कर तथा २०७५/०७६ सम्मको कर तिरेको प्रमाणित प्रतिलिपि पेश गरी र्इच्छुक फर्म वा कम्पनिहरु, कार्य गर्न योग्य भएको स्वघोष्णा पत्रपेस गरि निम्न सर्थहरुको अधिनमा रही तोकिएको अवधि भित्र रितपुर्वकको शिलबन्दी बोलपत्रमा भाग लिनका लागी ३० (तिस) दिने सुचना प्रकाशित गरिएको छ ।

तपशिल:

क्र.सं.

ठेक्का नं.
ठेक्काको किसिम
उठाउने क्षेत्र
उठाउन पाउने परिणाम
न्यूनतमठेक्का रकम रु.
प्रति क्यू.वि.फिट दर
वोलपत्र फारम दस्तुर
वोलपत्र फाराम खरिद गर्ने अन्तिम मिति र समय
शिलबन्दी वोलपत्र फाराम दाखिला गर्ने मिति र समय
शिलबन्दी वोलपत्र फाराम खोल्ने मिति र समय
शिलबन्दी वोलपत्र खोल्ने स्थान

1
GAU/NBC/01-2076/077
मडाहा खोला

गौशाला न.पा.को वडा नं.५

(२६डिग्री३६ मिनेट उतर – २८ डिग्री १० मिनेट सम्म उत्तरी अक्षांस )

(८५ डिग्री ४१ मिनेट – ८५ डिग्री ५७ मिनेट सम्म पूर्वी देशान्तर

६७५००घन मिटर /

 ३३२७८१०  क्यू. फुट

रु. १०११८४३०/-

(भ्याट बाहेक)

रु.३/-
रु.५०००/-
३० औं दिन कार्यालय समय सम्म
३१ औं दिन दिनको १२ बजे सम्म
३१ औं दिन दिनको २ वजे सम्म
गौशाला नगरकार्यपालिकाको  कार्यालय

2
GAU/NBC/02-2076/077
बाँके खोला

गौशाला न.पा.को वडा नं.३

(२६डिग्री३६ मिनेट उतर – २८ डिग्री १० मिनेट सम्म उत्तरी अक्षांस )

(८५ डिग्री ४१ मिनेट – ८५ डिग्री ५७ मिनेट सम्म पूर्वी देशान्तर

६७५०० घन मिटर /

‍३१७८३२०

क्यू. फुट

रु.

९५,३४,९६०/-

(भ्याट बाहेक)

रु.३/-
रु.५०००/-
३० औं दिन कार्यालय समय सम्म
३१ औं दिन दिनको १२ बजे सम्म
३१ औं दिन दिनको २ वजे सम्म
गौशाला नगरकार्यपालिकाको  कार्यालय

१.बोलपत्र फारम बापत ५०००/- पाच हजार मात्रको नगदी रिसद बुझाइ यस कार्यालयबाट ३० तीस दिन भित्र बोलपत्र फारम खरिद गरिसक्नु पर्नेछ ।

२.बोलपत्र फारम यो सुचना प्रकाशित भएको मितिले ३१औ दिनको १२:०० बजे सम्म सिलबन्दी बोलपत्र यस कार्यालयमा दर्ता गराउनु पर्नेछ ।

३.शिलबन्दी बोलपत्र दर्ता भएको दिन दिनको २ बजे यस कार्यालयको प्रतिनिधीहरु र बोलपत्र दाताहरुको प्रतिनिधीको रोहवरमा खोलिनेछ र बोलपत्र खोल्ने समयमा बोलपत्र दाताको प्रतिनिधी उपस्थिति नभए पनि बोलपत्र खोल्न कुनै बाधा हुने छैन ।

४. भ्याट समेतको न्युनतम ठेक्का रकमको ५ प्रतिशतले हुने रकम यस कार्यालयको नेपाल बैक लि. गौशाला शाखा स्थीत रहेको धरौटी खाता न ०९४०३००००००००३०००००३ मा नगद रकम जम्मा गरेको सक्कलै बैक भौचर साथै बोलपत्रदाताले ‌आफनो नेपाली नागिरकताको प्रतिलिपी र फर्मको हकमा प्यान दर्ता प्रमाण पत्र समेतको प्रतिलिपी पेश गर्नु पर्नेछ । साथै १२० दिनको म्याद भएको बैंक जमानीपत्र (Bid Bond ) पेश गर्नु पर्नेछ .

५.बोलपत्र दाताले फारम भर्दा आफुले कवोल गरेको ठेक्का रकम अंक र अक्षरमा स्पष्ट रुपमा लेखी खामबन्दी गरी शिल लाह छाप लगाइ खामको माथि आफनो नाम ठेगाना र ठेक्का न. लेखी बोलपत्र फारम दर्ता गराउनु पर्नेछ ।

६.बोलपत्र फारममा भरेको रकमको अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाइ मान्यता दिइनेछ ।

७.बोलपत्र खरिद गर्ने तथा दर्ता गराउने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा उक्त कार्य भोली पल्ट कार्यालय खुलेको दिनमा गरिने छ ।

८. न्युनतम ठेक्का रकम भन्दा सबै भन्दा बढि ठेक्का रकम कबोल गर्ने बोलपत्र दाताको बोलपत्र स्वीकृत गरिनेछ ।

९. बोलपत्र स्वीकृत पश्चात पत्र बुझेको ७ दिन भित्र सम्झौता गर्न नआएमा ५ प्रतिशत राखेको धरौटी जफत हुनेछ ।

१०.ठेक्का सम्झौताको समयमा ठेकेदारले पहिलो किस्ता वापत कवोल अकको ४० प्रतिशत रकम यस कार्यालयको नेपाल बैंक लि. गौशाला स्थित रहेको सचित कोष खाता न. ०९४०३००००००००४००१००३ मुलकोष खातामा जम्मा गरेको सक्कल भौचर र बाकी २ किस्ता रकम वापतको २०७६ पुष मसान्त सम्म र तेसो किस्ता चैत मसान्त जम्मा गर्नुपर्नेछ ।

११.ठेकेदारले ठेक्का सम्झौता गर्न आउँदा नेपाल राष्ट बैंकबाट मान्यता प्राप्त बैकको असार मसान्तसम्म म्याद भएको बैंक ग्यारेन्टी पेश गर्नु पर्नेछ ।

१२.ठेक्काको अवधि संझौता भइ चलन पुर्जी लिएको दिन देखि २०७७ जेष्ठ मसान्त सम्मको रहनेछ ।

१३.ठेक्का सम्झौता भै सकेपछि बन्द हडताल वा कुनै कारण देखाइ ठेक्का रकममा कुनै प्रकारको छुट र मिनाहा माफि दिइने छैन ।

१४.ठेकेदारले सम्झौताको समयमा कबोल गरेको ठेक्का अंकको सम्पुर्ण रकम एक मुष्ट बुझाएमा ५ प्रतिशत सम्म स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम १७० बमोजिम छुट दिन सक्नेछ ।

१५. बालुवा, ढुंगा, गिटी, रोडा र ग्राभेलको बिक्री कर प्रति क्यु.वि.फिट ३ रुपैयाका दरले लिनपाउने छ ।

१६. यस कार्यालयले निर्धारण गरेको दर रेट भन्दा बढी असुल गरेमा नियमानुसार कारवाही भइ ठेक्का रद समेत गर्न सक्ने छ ।

१७. ठेकेदारले ठेक्का भोग चलन गर्दा यस कार्यालयको निर्देशन र सम्झौतामा उल्लेखित शर्त बमोजिम काम गर्नुपर्ने छ ।

१८.बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस नगरपालिकामा निहित रहनेछ ।

१९. केरमेट भएको सहि छाप नभएको म्याद नाघि दर्ता हुन आएको बोलपत्र स्वीकृत गरिने छैन ।

२०.बोलपत्र दाता तथा नगरपालिका बिच कुनै किसिमको मत भिन्नता भएमा नगरपालिकाको निर्णयलार्इअन्तिम निर्णय मानिनेछ ।

२१. यस सुचनामा उल्लेख भएका कुराहरु यसै अनुसार र नभएको कुराको हकमा नेपालको प्रचलित कानुन बमोजिम हुनेछ ।

२२. नदि वा खोला उत्खन्न तथा सँकलन गर्न हेभि इकुमेन्ट प्रयोग गर्न पाइने छैन ।

२३.बालुवा, ढुंगा, गिटी, रोडा र ग्राभेलको बिक्री कर तथा प्राकृतिक धारा किनारा घाट कुल कुलेसा लोक मार्ग तथा सार्वजनिक स्थललाइ क्षति नपुग्ने गरि पुलको ५ सय मिटर उत्तर र दक्षिण छाडेर मात्रबालुवा, ढुंगा, गिटी, रोडा र गभेलको उठाउन पाउनेछ ।

२४. नदिको दुबै किनार २५/२५ प्रतिशत भाग छोडी बालुवा, ढुंगा, गिटी, रोडा र गभेल सँकलन गर्न पाइनेछ ।

२५.प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनमा (IEE) उल्लेख भएको शर्तको अधिनमा रहि बालुवा, ढुंगा, गिटी, रोडा र ग्राभेल सँकलन गर्नुपर्नेछ ।

२६.वन क्षेत्रबाट बालुवा, ढुंगा, गिटी, रोडा र ग्राभेल उत्खन्न गरी बिक्री गर्न पाइने छैन ।

२७.ठेकेदारले ठेक्का स्वीकृत भए पश्चात कवोल रकमको नियमानुसार १३ प्रतिशत मुल्य अभिवृदी कर र १.५ प्रतिशत अग्रिम आय करको रकम ठेकेदारले आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेछ ।

२८. शुल्क उठाउने रसिदमा ठेक्काको शिर्सक उल्लेख गरि ३/३ प्रतिवाला रसिद ठेक्केदरले आफ्नै तर्फबाट छपाई यस कार्यालयको छाप लगाई कार्यालयमा रसिद न. दाखिला गरेर मात्र कर दस्तुर उठाउने प्रयोगमा ल्याउनुपर्नेछ ।

२९.सम्झौता गर्न आउदा बोलपत्रदाताले बाँकी रकम बरावरको नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त बैंक ग्यारेन्टी वा जमानत पेश गरेपछि स्थायी चलन पुर्जी दिइनेछ ।

३०.ठेक्केदारले नियमानुसार तोकिएको दरमा मूल्य अभिवृद्धि कर थप गरी लिनुपर्नेछ ।उक्त मूल्य अभिवृद्धि कर ठेक्केदारले आन्तरीक राजस्व कार्यालयमा बुझाउनु पर्नेछ । सो बाहेक पनि नेपाल सरकार वा स्थानीय तहलाई प्रचलित ऐन नियमानुसार बुझाउनु पर्नेछ ।

३१ सम्झौता पत्रमा उल्लेख भएका माल बस्तु र दर रेटको प्रतिकुलहुने गरी कर दस्तुर शुल्क लिन पाइने छैन । बढी लिएको प्रमाण पेश हुन आएमा वा कुनैपनि सवारी साधनमा तोकिएको कर नतिरी झुक्याई भागेमा सवारी साधनलाई नगरपालिकाको निर्णय बमोजिम जरिवाना गरिनेछ । साथै ढुंगा,गिट्टी,बालुवा, ग्रेभलको हकमा नगरस्तरीय अनुगमन राजस्व परामर्श समिति र समन्वय समितिको निर्णय अनुसार सिफारिस भएको जरिवाना रकम असुल गरिनेछ ।

३२ बोलपत्रदाताले सक्कल र प्रतिलिपि बिड शिलबन्दी खाममा छुट्टा छुटै पेश गर्नु पर्नेछ । ठेक्केदारले ठेक्का सम्झौताभइ सकेपछि बालुवा, ढुंगा, रोडा, ग्रेभल र गिट्टीको मासिक प्रतिवेदन पेश गर्नु पर्नेछ ।

३३.ठेक्केदारले उठाउने कर यस कार्यालयबाट तोकिएको उत्पादन स्थल वा तोकिएको संकलन केन्द्रमामात्र उठाउनु पर्नेछ । कर संकलन समबन्धी सूचना पार्टी अनिवार्य रुपमा ठेक्केदारले लेखेर संकलन केन्द्रमा राख्नु पर्नेछ ।

३४. बालुवा, ढुंगा, रोडा, ग्रेभल र गिट्टीका सन्दर्भमा प्रदेश अनुगमन समिति एंव जिल्ला स्तरीय अनुगमन तथा नगरपालिकाबाट निर्देशन भए बमोजिम हुनेछ ।

-प्रमुख प्रशासकीय अधिकृ