FAQs Complain Problems

गौशाला नगरपालिकाद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख रकम सहयोग

नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र देशको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी स्थापना गरिएको राष्ट्रिय आविष्कार केन्द्रको अध्यक्ष वैज्ञानिक डा. महावीर पुनलाई आविस्कार केन्द्रमा भेटेर गौशाला नगरवासीको तर्फबाट सहयोग स्वरूप नगर प्रमुख डा. दिपेन्द्र महतोले नगरपालिकाको आ. व. २०७९/८० को योजना तथा कार्यक्रम अन्तर्गत रू. ५ लाख रकमको चेक हस्तानान्तरण गर्नु भएको छ । आविस्कार केन्द्रलाई गरिएको आर्थिक सहयोगले देशको आर्थिक विकासमा समेत योगदान हुने अपेक्षा गरिएको छ।