FAQs Complain Problems

गौशाला नगरपालिकाको नगर भवन निर्माणको शिल्यानास कार्यक्रम सम्पन्न ....

मिति २०७७/०४/०९ गते शुक्रबार नगर  प्रमुख श्री शिवनाथ महतो ज्यूबाट गौशाला नगरपालिकाको ऐतिहासिक कार्य नगरपालिकाको नगर भवन निर्माणको शिल्यानास कार्यक्रम सम्पन्न भएको छ । उक्त निर्माण योजना श्री हनुमान कन्स्ट्रक्सन हेटौडा-११ लाई कुल लागत भ्याट बाहेक ४३७८७५३४.९४ (चार करोड सैतिस लाख सतासी हजार पाँच सय चौतिस रुपैया चौरानब्बे पैसा) मा सम्झौता भएको हो । ठेकेदार हनुमान कन्स्ट्रक्सनका अनुसार आगामी २०७८ असोज सम्म कार्य सम्पन्न हुने भनिएको छ ।