FAQs Complain Problems

गौशाला नगरपालिकाको दशौँ नगरसभा २०८० को उद्घाटन सत्र सम्पन्न

अषाढ १५ गते | गौशाला नगरपालिकाको दशौँ नगरसभा २०८० को उद्घाटन सत्र सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य माननीय श्री उपेन्द्र यादव ज्यूको प्रमुख अतिथ्यतामा संचालन भएको नगरसभा बैठकको अध्यक्षता गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो ले गर्नुभएको थियो । नगरसभामा नगरपालिकाका नगर सभा सदस्यहरू, कार्यपालिका सदस्य तथा वडा अध्यक्षज्यूहरूको उपस्थिति रहेको थियो । नगर सभा २०८० मा नगर प्रमुख डा. दिपेन्द्र महतोज्यूले गौशाला नगरपालिकाको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम र वडा नं. ९ का वडा अध्यक्षले आ. व. २०८०/८१ को  बजेट बक्तव्य प्रस्तुत गर्नु भएको थियो ।