FAQs Complain Problems

गौशाला नगरपालिकाका ३ सय भन्दा बढिको सामुहिक रुपमा पिसिआर परिक्षण

गौशाला नगरपालिकाका ३ सय भन्दा बढिको सामुहिक रुपमा पिसिआर परिक्षण गरिएको छ । शुक्रवार दिउँसो गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालयमा ३ सय १ जना शिक्षकहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको हो । 
३२ वटा सामुदायिक विद्यालयका ३ सय १ शिक्षकलाई पिसिआर रिपोर्टका लागि स्वाव संकलन गरिएको हो । त्यस्तै वाहिरबाट आएका २३ जना स्थानियलाई पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको हो । ३ सय २५ जना शिक्षकहरुले नाम लेखाएर पनि स्वाव संकलनको क्रममा अनुपस्थित रहेको नगर शिक्षा शाखाका पुरुषोतम अधिकारीले बताएका छन । पिसिआर परिक्षण गरिएका शिक्षकहरुले रिपोर्ट नआउन्जेलसम्मका लागि विद्यालयमा गई पढाई वाहेक व्यवस्थापनको सम्बन्धमा कामकाज गर्न सकिने जानकारी दिनुभयो । 
यता महामारीको समयमा शिक्षक र विद्यार्थीवीच दुरी कायम रहेको समयमा नगरपालिकाको समन्वयनमा पिसिआर परिक्षणको लागि स्वाव संकलन हुनु निकै नै उत्साहितको विषय रहेको शिक्षक महासंघ गौशालाका अध्यक्ष नकुल उप्रेतीले बताउनुभएको हो ।