FAQs Complain Problems

करार सेवामा नगर प्रहरी नियुक्त गर्ने सम्बन्धी सूचना

यस गौशाला नगरपालिकाको लागी नगर प्रहरी (आपसी समझदारीमा) सेवा करारमा लिन आवश्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले तोकिएको ढाँचामा प्रथम पटक सूचना प्रकासित भएको मितिले १५ दिन भित्र रितपूर्वकको आवेदन फाराम भरी पेश गर्न सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।