FAQs Complain Problems

अत्यन्त जरूरी सूचना

गौशाला नगरपालिका भित्र कोरोना भाइरस (COVID-19) सामाजिक स्तरमा फैलिदै गएको जोखिमलाई मध्यनजर गर्दै सोको न्यूनीकरणका लागी गरिएको बन्दाबन्दी (Lockdown) मिति २०७७ भाद्र ५ गते शुक्रबार राती ११:०० बजे सम्मका लागि थप गरिएको छ । लकडाउन अवधीमा अत्यावश्यक सेवा तथा औषधी पसल बाहेक सम्पूर्ण कार्यालय, यातायात, सवारीसाधन, हाटबजार तथा पसलहरू पूर्ण रूपमा बन्द रहने जानकारी गराईन्छ साथै कोरोना भाइरसको संक्रमण हुन सक्ने यस जोखिम अवस्थमा अनिवार्य मास्क प्रयोग गर्न, साबुन पानीले हात धुन तथा सेनीटाईजरको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, अनावश्यक भिडभाड नगर्न तथा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन समेत सम्पूर्ण नगरवासीमा अनुरोध छ ।

कोरोना भाइरसको संक्रमणबाट आफु बचौं र अरुलाई पनि बचाऔं ।